टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
२८ फागुन, काठिमाडौं । टिपरको बालुवा अनलोड गर्ने क्रममा करेन्ट लागेर काठमाडौंको मूलपानीमा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
सोही नगरपालिका–७ मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बागमती प्र. ०३–००१ ख १३३८ नम्बरको टिपरको बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भएर करेन्ट लागेको थियो ।करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक खड्कालाई उपचारका लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment