१५ असार २०८२, आईतवार

प्रहरी अस्पतालका डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन

 

नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक (डीएसपी) तीन महिनादेखि सम्पर्कविहीन भएका छन्। पर्वतको फलेवास नगरपालिका १० स्थायी घर भई नेपाल प्रहरी अस्पतालको रेडियोलोजी विभागमा कार्यरत प्राविधिक डीएसपी डा. कृष्णमणि चापागाईं बिनाजानकारी अनुपस्थित भएका हुन्।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै उनलाई स्पष्टीकरणसहित हाजिर हुन ७ दिनको म्याद दिएको छ।चापागाईं कात्तिक १४ गते १५ दिनको घरबिदा लिएर हिँडेका थिए। तर पुनः १४ दिन बिदा थप गराएका थिए। थपिएको बिदा २०८१ मंसिर २५ गते सकिए पनि चापागाईं अझै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ।

उनको घरमा यसअघि नै खोजतलास गरिएको र प्रहरी नियमावलीअनुसार सूचना टाँस गरिसकिएको गृह मन्त्रालयले जनाएको छ।त्यति गर्दा पनि अनुपस्थित भएपछि अन्तिमपटक बाटाको म्यादबाहेक ७ दिनभित्र हाजिर नहनुको कारणसहित आउन र अन्यथा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने पनि सूचनामा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?