१२ श्रावण २०८२, आईतवार

अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय

 

१५ फागुन, काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले संघीय निकायलाई ठूलो मात्रामा कर्मचारी कटौती गर्न निर्देशन दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि यस्तो निर्देशन दिएका हुन् । ट्रम्पको पहिलो क्याबिनेट बैठकमा सरकारी दक्षता विभागका प्रमुख एलन मस्क पनि उपस्थित थिए, जुन प्रशासनिक लागत कम गर्न स्थापना गरिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले जारी गरेको नयाँ योजनामा मार्च १३ सम्ममा संघीय कर्मचारीको संख्या कटौती गर्ने योजना बनाइसक्नुपर्ने उल्लेख छ । यद्यपि, संघीय कर्मचारीहरू पहिले नै लागत कटौती गर्ने योजनाबाट प्रभावित भइसकेका छन् । नयाँ निर्देशिकामा अब कति कर्मचारी हटाउने भन्ने उल्लेख गरिएको छैन । ट्रम्पका अनुसार क्याबिनेट बैठकमा वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्दिनले १५ हजार कर्मचारीमध्ये ६५ प्रतिशतलाई हटाउने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?