राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
४ फागुन, काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पोखरामा भएको बेलुन विस्फोटपछिको आगलागीमा घाइते भइ उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान कीर्तिपुर बर्न अस्पताल पुगेर राष्ट्रपति पौडेलले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment