अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
१९ पटक हेरिएको
Shares
अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने

सारांश

  • राष्ट्रपति जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताउँदै अमेरिकामा टिकटकलाई जारी राख्नको लागि आइतबारदेखि देशमा आफ्ना गतिबिधि बन्द गर्ने बताएको हो।
  • अमेरिकी सरकारले आश्वासन नदिए जनवरी १९ मा टिकटकका सबै गतिविधि बन्द गर्न बाध्य हुने टिकटकले जनाएको छ।
  • अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ।

 

 

५ माघ,चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कारबाही नगरे आइतबारदेखि देशमा आफ्ना गतिविधि बन्द गर्ने बताएको छ। राष्ट्रपति जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताउँदै अमेरिकामा टिकटकलाई जारी राख्नको लागि आइतबारदेखि देशमा आफ्ना गतिबिधि बन्द गर्ने बताएको हो।

अमेरिकी सरकारले आश्वासन नदिए जनवरी १९ मा टिकटकका सबै गतिविधि बन्द गर्न बाध्य हुने टिकटकले जनाएको छ। अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ। आइतबारसम्म आफ्नो मूल कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई बेचेको खण्डमा टिकटकमाथिक प्रतिबन्ध बचाउन सकिने बताइएको छ।

टिकटकले यस कानूनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै यो अमेरिकामा आफ्ना लाखौं प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको बताएको थियो। तर अदालले उसको कुरा सुनेन। सर्वोच्च अदालतको अमेरिकामा प्रतिबन्ध लगाउन गरेको फैसलाको अर्थ टिकटकलाई अमेरिकी संस्करणको एप स्टोर र वेब होस्टिङ सेवाहरूबाट हटाइने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?