बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा

२ माघ, । बेलायतकी अर्थमन्त्री ट्युलिप सिद्दकीले राजीनामा दिएकी छिन् । बङ्गलादेशमा चलिरहेको भ्रष्टाचार विरोधी अनुसन्धानको विषयमा बढ्दो दबाबको बीचमा उनले पदबाट राजीनामा दिएको विश्लेषणहरू आइरहेका छन् । ट्युलिप बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी दिदीकी छोरी हुन् । हसिनासँगको आफ्नो पारिवारिक सम्बन्धले प्रधानमन्त्री किर स्टार्मर सरकारको कामकाजमा अवरोध उत्पन्न

नगराओस् भनेर उनले राजीनामा दिएको बताइएको छ । गत हप्ता मात्रै ट्युलिपले आफूले केही गलत नगरेको प्रमाणित गर्ने प्रयासमा बेलायती प्रधानमन्त्रीका स्वतन्त्र सल्लाहकार सर लौरी म्याग्नसलाई आफूमाथि लागेका आरोपबारे जानकारी गराएकी थिइन् । उनीमाथि लन्डनस्थित आफ्नो सम्पत्तिको उचित प्रयोग नगरेको र आर्थिक मामिलामा पारदर्शिता कायम नगरेको आरोप पनि छ ।





Post Comment