२६ जेष्ठ २०८२, आईतवार

मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान

 

३० मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान झोराहाट चोक नजिकैको नहरको पुलमा ठोक्किएर मोटरसाइक दुर्घटना भएको थियो ।

दुर्घटनामा मोरङकै कटहरी गाउँपालिका-१ का २२ वर्षीय आशिक मरिक र उनका बुबा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रदेश १-०४-००२प १९०१ नम्बरको मोटरसाइकल आशिकले चलाएका थिए । तीव्र गतिमा कुदाएकाले अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?