आज पनि घट्यो सुनको मूल्य
३ मंसिर, काठमाडौँ- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ। सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।





Post Comment