११ श्रावण २०८२, शनिबार

जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु

 

१० असोज , जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट जिल्लाको गोरखा नगरपालिका–१२ दशकिलोकी ३४ वर्षीया राधिका कुमालको मृत्यु भएको छ ।

पुरानो मेडिकल कलेज चितवनले जनाए अनुसार भदौ २५ गते जापनिज इन्सेफ्लाइटिस रोग लोगेका उहाँको १५ दिनपछि मृत्यु भएको हो । गत भदौ २५ गते जिल्ला अस्पताल गोरखामा उपचारपछि फेरि थप उपचारका लागि उहाँलाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा बिहिबार बिहान ८ बजे अस्पतालले मृतक घोषण गरेको मृतक राधिका कुमालका पति सरोज कुमालले बताउनुभयो । जापनिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको सक्रमणको उच्च जोखिम रहेको

स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माको भनाइ छ ।  लामखुट्टेले सुङ्गुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापनिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन । जापनिज इन्सेफ्लाइटिस रोग लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म रोगको लक्षण देखा पर्ने स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माले बताउनुभयो ।

यो रोग लागेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडा हुने, पक्षघात हुने यस रोगका लक्षण भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त रोगबाट बच्न झुल टाँगेर सुत्न, सुँगुर हाँस र कुखरालाई घरभन्दा टाढा पाल्न, खेतबारीमा काम गर्दा लामो कपडा लगाउन र घर वरीपरीको रहेका खाल्डा खुल्टी हुन नदिने यसरोगबाट बच्ने प्रमुख उपाय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?