सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
२१ भदौ, काठमाडौं ।आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस अघि बिहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment