२६ जेष्ठ २०८२, आईतवार

गाडी भाडामा छुट दिन विद्यार्थी र व्यवसायीबीच सहमति

 

२४ साउन, सर्लाही। सरकारले सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको धेरै वर्ष भईसकेका तापनी राजधानी र पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रमा यसको प्रभावकारी कार्यन्वयन हुन सकेको थिएन।

स्थानीय रुट तथा लामो दुरीमा चल्ने यातायतका साधनले समेत विद्यार्थीहरु लाई छुट दिन इन्कार गर्ने गरेको थियो‌। विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५ प्रतिशतले छुट दिने लगायतका विषयमा यातायात व्यवसायी र विद्यार्थीबीच सहमति भएको छ । अब सर्लाहीका सर्लाही क्याम्पस लगायत अन्य कुनैपनि क्याम्पस तथा बिधालयमा अध्यनरत बिद्यार्थीहरुले बसमा यात्रा गर्दा सक्कल परिचयपत्र देखाएर लाग्ने भाडामा ४५ प्रतिशत छुट पाउने भएका छन।

बिहिबार एक कार्यक्रमबीच सर्लाही क्याम्पसमा‌ सर्लाही क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन र मलंगवा यातायात प्रा. लि. बिच सम्झौता भएको छ। यस कार्यक्रममा स्ववियु सभापति धर्मेन्द्र राय, मलंगवा यातायात प्रा. लि. का अध्यक्ष दिपलाल महतो, सदस्य रौशन चौधरी लगायत क्याम्पसका विधार्थीहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment