२६ जेष्ठ २०८२, आईतवार

सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण

 

२३ साउन, हेटौंडा।  राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले एक वर्षको तलब आँखा अस्पताललाई प्रदान गरेका छन् ।

सांसदमा निर्वाचित भयपछि आफुले प्राप्त गर्ने एक बर्षको तलब बराबरको रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार उनले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हेटौंडामा मंगलबार आयोजित एक कार्यक्रममा सांसद सिंहले नेत्र विशेषज्ञ डा. सन्दुक रूइत मार्फत हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा थप ३ लाख ८७ हजार थपेर आँखा अस्पताललाई हस्तान्तरण गरेको सिंहले बताए । जनताको सेवकको रुपमा काम गर्ने कसम खाएको स्मरण गर्दै उनले जनतासंग गरेको मध्य एउटा कसम पुरा गरेको उनको भनाई छ  । सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?