भारतबाट लण्डन सिफ्ट हुँदै कोहली र अनुष्का ?

  १४ वैशाख, मुम्बई– भारतीय क्रिकेट स्टार विराट कोहली मैदानसँगै आफ्नो नीजि जीवनका कारण पनि चर्चामा छन् । भारतमा जारी आईपीएल २०२५ मा रोयल च्यालेञ्जर्स बेंगलुरुबाट खेलिरहेका यी सेलिब्रेटी खेलाडीका बारेमा एउटा व्यक्तिगत खबर बाहिरिएको छ । समाचारमा जनाइए अनुसार उनी आफ्नो परिवारसहित भारत छाडेर लण्डन बसाईँ सर्ने तयारी गरिरहेका छन् । उनका कोच राजकुमार शर्मापछि […]

प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै

  १४ वैशाख, काठमाडौं ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज बेलायत भ्रमणमा जाँदै छन्। दस दिने भ्रमणका लागि राउत आज प्रस्थान गर्दै छन्। उनी नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल हुनेछन्। यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि भ्रमण टोलीमा रहनेछन्। यसअघि वैशाख ११ गते नै प्रधानन्यायाधीश राउत […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  १४ वैशाख ,काठमाडौँ,  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ […]

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  १४ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३०, आलु रातो […]

इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते

  १३ वैशाख, काठमाडौं : इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने करिब ५०० जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि सहरका विभिन्न अस्पतालहरूमा व्यवस्था गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ । यद्यपि, विस्फोटको कारण भने […]

कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा

  १३ वैशाख, काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) ले २२ अप्रिलमा जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । अप्रिल २५ मा जारी गरिएको प्रेस विज्ञप्तिमा काउन्सिलका अध्यक्ष फ्रान्सका जेरोम बोनाफन्टले पीडित भारत र नेपाल सरकार […]

इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते

  १३ वैशाख, काठमाडौं :  इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ । बीबीसी फारसी सेवाले विस्फोटमा करिब ३०० जना घाइते भएको उल्लेख गरेको छ । शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीहरूले  कन्टेनरहरू विस्फोट […]

पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान

  काठमाडौँ, १३ वैशाख: पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएको छ । उहाँ प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ जानुभएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिनुभयो । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ । डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश […]

गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ

  १३ वैशाख, काठमाडौं । नक्कली कागजातका साथ भारतमा बसोबास गरेको आरोपमा बङ्गलादेशका ५५० भन्दा बढी अवैध आप्रवासीहरूलाई अहमदाबाद र सुरतमा हिरासतमा लिइएको गुजरात प्रहरीले शनिबार जनाएको छ। प्रहरी अधिकारी अनुसार प्रमाणिकरण तथा सोधपुछ भएपछि निर्वासन कार्यवाही हुनेछ। विशेष परिचालन समूह (एसओजी) अपराध शाखा, मानव बेचबिखन विरोधी एकाइ (एएचटीयू) अपराध शाखा रोकथाम (पिसिबी) र स्थानीय […]

बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन

  १३ वैशाखः  काठमाडौँ,   चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औँ ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो । यही अप्रिल २४ देखि २६ सम्म नेसनल एग्रिकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा […]