२६ जेष्ठ २०८२, आईतवार

पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान

 

काठमाडौँ, १३ वैशाख:

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएको छ । उहाँ प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ जानुभएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिनुभयो ।

आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ । डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज शन्देश कार्की हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment