इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते

१३ वैशाख, काठमाडौं :
इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ ।

बीबीसी फारसी सेवाले विस्फोटमा करिब ३०० जना घाइते भएको उल्लेख गरेको छ । शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीहरूले कन्टेनरहरू विस्फोट भएपछि ठुलो आगलागी भएको बताएका छन् । यद्यपि, आगलागीको कारण अझै पत्ता लागेको छैन।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment