बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बेपत्ताहरुको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै भनेका छन्, ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति […]
खोलामा डुबेर एक किशोरको मृत्यु

२ असार, पाल्पाको तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ खोला ड्याममा डुबेर एक किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। मृतक गुल्मी सत्यवती गाउँपालिका-७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलस्थित कोठा भाडामा बसेर अध्ययनरत १८ वर्षीय अभिषेक परियार छन्। उनी शनिबार मध्यान्हमा तिनाउ खोलामा पौडी […]
ललितपुरमा बस दुर्घटना, दर्जनौं घाइते

काठमाडौं । ललितपुरमा आज बिहान बस दुर्घटना भएको छ । जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका- १ बाहुनधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ। गाडीमा २२ जना सवार रहेको र सवारमध्ये केही घाइते भएको प्रहरीले जनाएको छ । “गाडी दुर्घटनामा केही घाइते भएको खबर आएको छ । तर, […]
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो

ताप्लेजुङ — बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको छ । मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले बताएका छन् । सिदिङ्वा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्वुङका अनुसार बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो । […]
बाजुरा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बडीमालिकाको उत्तरतर्फ भूकम्पको केन्द्रबिन्दु रहेको थियो । बिहान ७ बजेर ३८ मिनेटमा गएको भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ।
रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते

काठमाडौं। रूपन्देहीको तिलोत्तमामा स्कारपियो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–३ शान्तिकुञ्जमा भएको दुर्घटनामा पाँचजना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किँदा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका–८ घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको […]
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्रको निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको […]
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन

१२ जेठ, जनकपुरधाम। सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव छन् । राजगढ गाउँपालिका-१ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए। शुक्रबार विद्यालयले नियमित […]
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

११ जेष्ठ । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान जु १ ज १७४७ नम्बरको जीप दुर्घटनामा परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटका लागि छुटेको जीप दुर्घटनामा सानीभेरी ५ […]
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित।

काठमाडौं। बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्क अनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गाईभैंसीमा देखा पर्न थालेपछि पशुचौपाया मर्न थालेका छन् । […]
