पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

१९ मंसिर, काठमाडौं । महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो । विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तिमा […]
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

१९ मंसिर, महोत्तरी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् । पार्टीको तीन महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आइपुगेका नेकपा माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । अहिले महोत्तरीको बर्दिवासस्थित माइस्थान पन्चधुरा पाटी प्यालेसमा केन्द्रीय सदस्यहरूसँग बैठक प्रारम्भ भएको छ । बैठकबाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरूसँग […]
राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा बस्ने

१७ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुने बताइएको छ । बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम […]
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन

१६ मंसीर, बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा,वरिष्ठ नेता डा. शेखर कोइराला,महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा,सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य लगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन […]
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

१५ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । उनले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो […]
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा

१४ मंसिर, दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समय अनुसार राति करिब १ः३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । कोप-२८ मङ्सिर १४ देखि २६ गतेसम्म (नोभेम्बर […]
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति

१३ मंसिर, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको बताए । महामन्त्री ढकालका अनुसार उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन […]
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ । आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आह्वान गरेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले […]
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने

११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन् । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर […]
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमला नदी बचाऔं अभियानलाई साथ दिने बताएका छन् । आज धनुषास्थित कमला नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् । कमला बचाऔं अभियानलाई केन्द्रसम्म पुर्याने हुलाकी राजमार्गको मुद्दा उठाइरहने उनले बताए । त्यो जिम्मेवारी आफूले लिएको भन्दै उनले सडकदेखि सदनसम्म कुरा उठाउने […]
