कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै

२८ असोज, सुर्खेत । कर्णालीका जिल्लाहरूमा समाजवादी मोर्चाको गठन गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ । यसअघि प्रदेशस्तरीय मोर्चाको घोषणा भइसकेको छ । १४ असोजमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाहरूमा पनि मोर्चाको गठन गर्ने निर्णय गरेको थियो । सोही अनुसार जिल्लाहरूमा पनि ‘समाजवादी मोर्चा’को गठन गर्ने कामहरू भइरहेका हुन् […]
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

२७ असोज, काठमाडौं। मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्। राष्ट्रपति कार्यालय, शितलनिवासमा आयोजित एक विशेष समारोहबीच अध्यक्ष डा.दत्तले आयोगको पाँचौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन्। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले गत आवमा आयोगमा प्राप्त उजुरीहरूमध्ये ९०.८ % उजुरी माथि […]
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

२७ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा […]
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने

२४ असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएको छ । इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबारदेखि सुरु गरेको रकेट आक्रमण अहिले दोहोर युद्धमा परिणत भएको छ । […]
एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै

२४ असोज, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हुने अधिवेशनको आज एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले उद्घाटन गर्ने कार्यक्रम रहेने छ । अधिवेशनको लागि मञ्च, पण्डाल, आवाश तथा अतिथिको लागि आवासलगायतको व्यवस्थापनसहित सम्पूर्ण तयारी पूरा भएको बताए । अधिवेशन उद्घाटनका […]
कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनको विरोध

काठमाडौँ । स्थानीय तहका कर्मचारीको आन्दोलनमा भएको प्रहरी दमनलाई लिएर कर्मचारी ट्रेड युनियनहरुले विरोध जनाएका छन् । विभिन्न ५ वटा युनियनहरूले विज्ञप्ति जारी घटनाको निन्दा र भर्त्सना गरेको छ । उनीहरुले घाइते कर्मचारीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका […]
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा

२२ असोज, काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ […]
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

२० आसोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शनिबार भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल […]
मधेस प्रदेश : तीन महिनापछि प्रदेशसभाको दोस्रो अधिवेशन असोज २३ गते हुँदै

२० असोज, जनकपुरधाम। मधेस प्रदेशमा प्रदेशसभाको दोस्रो अधिवेशन असोज २३ गते बोलाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएपछि मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले औपचारिक पत्र पठाएपछि दोस्रो अधिवेशन आव्हान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाका सचिव रंजित यादवले चालु आर्थिक वर्षको बजेट पारित भएपछि गत असार ३१ गते दोस्रो कार्यकालको […]
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

२० असोज, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच शनिबार भेटवार्ता भएको हो। भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ।
