सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

२० असोज, सिरहा। सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी […]

वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला

१९ असोज, वीरगन्ज ।  वीरगन्जको गहवामाई मन्दिर छेउको सडकपेटीमा आइतबार एकजना वृद्ध पुरुष मृत फेला परेका छन्।  मन्दिरमा वर्षौदेखि भीख मागेर बस्दै आएका वीरगन्ज महानगरपालिका-१६ नगवाका अन्दाजी ६५ वर्षका हरिहर प्रसाद सोनार मृत फेला परेका हुन्। उनको मृत्युको कारण यकिन हुन सकेको छैन। तर शवको प्रकृति हेर्दा अविरल वर्षाका कारण रुझेर बिरामी परेका उनको चिसोले […]

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

१९ असोज, सर्लाही ।  सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका […]

रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

१८ असोज, रौतहट । कटहरिया नगरपालिका- २ का २ जना किशोरको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको छ । आज साँझ ६:३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटमा अविरल वर्षाका कारण डुबान पनि परेको छ । बस्ती […]

जनकपुरधाम-२० मा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी

१७ असोज, जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ । दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए । त्यस क्रममा प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार […]

वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान

१७ असोज, वीरगन्ज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया–भिष्ण सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा करिब सय मिटर पश्चिमतर्फको पुलनजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले […]

खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै

१७ असोज, महोत्तरी । महोत्तरीको खयरमारामा बस दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । दुर्घटनामा गम्भीर घाइते भएका बर्दिबास–१० का ४४ वर्षीया […]

महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना

१७ असोज, जनकपुरधाम । महोत्तरीको खैरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय  चुल्हाइ चौधरी रहेका छन् । घारीबथानबाट खैरमारा हँुदै काठमाडौं जानलागेको ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी […]

बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु

१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकलको दुर्घटना हुँदा दुई परिवारका दुई जनाको मृत्यु भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा आज बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई […]

माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु

१५ असोज, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक वृद्धासहित तीन जना बालबालिकाको ज्यान गएको छ। बुधबार बिहान करिब ९ बजेतिर खुर्पाले माटो खन्ने क्रममा अचानक ठूलो ढिस्को खस्दा ४ जना व्यक्तिहरू पुरिएका थिए। घटनापछि प्रहरीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाए पनि बिहान करिब १०:४५ […]