रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु

२८ भदौ, रौतहट । जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसंगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–६ सवगढका ब्रतालुहरुसंगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासंगै नुहाउने क्रममा शनिबार विहान डुबेर वेपत्ता भएको खवरपाएपछि […]
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत

२८ भदौ, सर्लाही। मधेसको सर्लाहीसहित प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व सुरु भएको छ। भोलि आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका महिला) आज ‘ओगटन’ (दर खाने) को तयारीमा छन्। यो पर्व हिन्दू मैथिल परम्पराको हो। प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) को अष्टमी तिथिमा सन्तानको कल्याणको कामनासहित यो पर्व भोलि आइतबार मनाइन्छ। व्रतअघिको रात ‘ओगटन’ खाने […]
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा

२४ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मंगलबार पदबाट राजीनामा दिएका छन्। देशको वर्तमान अवस्था र आन्दोलनमा संलग्न बालबालिका तथा सर्वसाधारणमाथि भएको गोली प्रहारप्रति पीडा व्यक्त गर्दै उनले मन्त्री पद छोड्ने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै रायले आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने […]
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

२४ भदौ, जनकपुरधाम। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन्। वक्तव्य देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। जनताको विश्वास […]
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन

२४ भदौ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएका छन् । सिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् । जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् ।
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

२३ भदौ, काठमाडौं । जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् । उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् । सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान गुमाएका थिए । आज पुन: देशभर प्रदर्शन जारी छ । प्रदर्शन थप आक्रामक बन्दै […]
वीरगन्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ

२३ भदौ, वीरगन्ज । भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको छ। प्रारम्भिक जानकारी अनुसार घटना नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमै भएको हो। घटनापछि उनलाई तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको बताइएको […]
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु

२३ भदौ, बारा । बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए । जिल्लाको जीतपुरसिमरा–४ स्थित […]
जनकपुरमा पनि जेनजीको प्रदर्शन

२३ भदौ, काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरमा पनि प्रदर्शन भएको छ । देशैभर आन्दोलनको घोषणा गरेका नयाँ पुस्ताका युवा (जेनजी)हरुले जनकपुरमा पनि प्रदर्शन गरेका हुन् । स्वत:स्फूर्त रुपमा जम्मा भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीहरुले काठमाडौं, विराटनगर, बुटवललगायत देशका धेरै सहरहरूमा प्रदर्शन गरेका छन् […]
महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता

२२ भदौ, जलेश्वर । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक चार दिनदेखि बेपत्ता छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घर फर्केर नआएको निजका काका प्रमोद पासवानले बताए । गौतम […]
