मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
२३ भदौ, काठमाडौं ।
जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् । उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् ।

सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान गुमाएका थिए । आज पुन: देशभर प्रदर्शन जारी छ । प्रदर्शन थप आक्रामक बन्दै गइरहेको छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment