छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

२७ चैत, सप्तरी। राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् । छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् । राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ

२६ चैत, वीरगन्ज। वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेको छ। मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेशनल […]
जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या

मौसम झा पाठक जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिका ४ विश्वकर्मा टोलमा एक युवकमाथि छुरा प्रहार गरी हत्या गरिएको छ । महोत्तरीका एकडाडा गाउँपालिका बस्ने २० वर्षीय प्रीत कुमार महासेठको हत्या भएको हो । स्थानीयका अनुसार अपरिचित व्यक्तिले लखेटी लखेटी महासेठमाथि छुरा प्रहार गरिएको थियो । छुराले रक्ताम्मे अवस्थामा लडेका महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल लगेपछि उनको […]
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ

१९ चैत, सर्लाही । प्रहरीले सर्लाहीबाट हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ घर भएका २४ वर्षीय कमर राजा र मलंगवा–३ बस्ने मोबाइल पसल सञ्चालक आरिफ अन्सारी छन् । उनीहरूको साथबाट २७ लाख ७५ हजार ९६० रुपैयाँ नगद बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए । प्रहरीले उनीहरूको साथबाट […]
दुईजना मोस्टवान्टेड भारतीय अपराधी अमेरिकन हतियारसहित पक्राउ

७ चैत सर्लाही । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई डिएसपी मुक्तिनाथ सापकोटाको कमान्डमा खटिएको […]
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै

३ चैत, जलेश्वर। राष्ट्रपति रामचन्द्र पौडेल शनिवार बिहान महोत्तरी आउने भएका छन् । राष्ट्रपति पौडेलको महोत्तरीमा सालिक तथा शहीदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ । पिपरा गाउँपालिका स्थित स्व.रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्नु हुँदै राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी सदरमुकाममा जलेश्वर पुगेर १२ महिना जलमा विराजमान रहनु हुने […]
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ

सर्लाही संवाददाता १ चैत, सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा मन्दिर तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-८ का ३३ वर्षीय राकेश बैठा छन् ।सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मलंगवा नगरपालिका-८ स्थित राजदेवी मन्दिर र वडा नं. -९ स्थित झिलमिलिया माई मन्दिरभित्र रहेको […]
सर्लाहीमा साइकलयात्रीलाई ठक्कर दिने बसमा स्थानीयले गरे आगजनी

२८ फागुन, सर्लाही । सर्लाहीमा बसले ठक्कर दिएर साइकलयात्री दुर्घटना भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। कविलासी नगरपालिका–१० सलेमपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा बसले एक साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्। ग २ ख १४४० नम्बरको बसले नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकलयात्री लाई बिहान १० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट साइकलयात्री सर्लाही […]
प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण

२० फागुन,जनकपुरधाम। मधेश प्रदेशका जिल्लाहरूमा मादकपदार्थ सेवन गरेर सवारी चलाएका कारणले दुर्घटनामा वृद्धि भएपछि विश्व स्वास्थ्य सङ्गठनले त्यसमा कमी ल्याउन लागि प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. केदार खड्काले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज आइतबार जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण […]
शंकास्पद वस्तु पड्किँदा निजगढमा वर्कसप सञ्चालकको मृत्यु, ४ जना घाइते

१४ फागुन, बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ । मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक बमजस्तै देखिने वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका हुन् । विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन् […]
