लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त

११ साउन, बुटवल । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्। उनको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बताए। […]
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो

१० साउन, रौतहट । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई गरिएको कारबाहीबाट रौतहट जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ४७ लाख ३८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार साउनदेखि असार मसान्तसम्म १६ हजार १४८ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको थियो। उक्त […]
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

९ साउन, पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताउनु भएको छ । पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताउनुभएको […]
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

८ साउन, सर्लाही । सर्लाही भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको छ । कार्यालयले गत आवमा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कुल ५३ करोड ७३ लाख १७ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको भन्सार प्रमुख ठाकुर आचार्यले […]
धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृ*त्यु

८ साउन, जनकपुरधाम । धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका-३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भएको हो । बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते […]
हिजोदेखि बेपत्ता बालक पोखरीमा मृ*त फेला

८ साउन, जनकपुरधाम । धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा धनुषाको सबैला नगरपालिका-१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर रहेका छन् । बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी […]
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

७ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनपुरधामलाई विवाह केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बुधवार जनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले विश्वभर देशबाहिरका धार्मिकस्थलहरुमा गएर विवाह गर्ने संस्कृतिको विकास भइरहेको उल्लेख गर्दै राम र सीताको विवाहस्थल समेत रहेको जनपुरधामलाई म्यारिज हवको रुपमा विकास […]
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु

७ साउन, रौतहट । धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु भएको छ । रौतहटको छुट्टाछुट्टै स्थानमा खेतमा सिँचाइ गर्ने क्रममा दुई जना किसानको ज्यान गएको हो । कटहरीया नगरपालिका-२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको करेन्ट […]
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द

७ साउन, सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा कार्यरत एक चिकित्सकमाथि हातपात भएको घटनापछि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ। सोमबार राति एक बिरामीका आफन्तले अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए। हड्डी भाँचिएका बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने विषयमा असन्तुष्टि जनाउँदै ती आफन्तले डा. साहमाथि हातपात गरेका हुन्। उक्त घटनापछि अस्पतालका […]
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ

७ साउन, सर्लाही । सर्लाहीको कबिलासी नगरपालिकाको कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट चोरी भएका कम्प्युटर, प्रिन्टर लगायतका सरकारी सामग्रीहरू समेत बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार, २०८२ साल साउन ४ गते राति कबिलासी नगरपालिका वडा नं-८ स्थित सामाजिक सुरक्षा शाखाको कोठाबाट […]
