११ श्रावण २०८२, शनिबार

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृ*त्यु

८ साउन, जनकपुरधाम ।

धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका-३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भएको हो । बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भएका थिए ।

उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिएकोमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । यसअघि बुधबार  नै मधेश प्रदेशको रौतहटमा धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर  दुई जना किसानको मृत्यु भएको थियो । मधेशमा खडेरीका कारण किसानहरूले धान रोप्न पाएका छैनन् भने रोपिसकेको धान सुक्न थालेपछि किसानहरूले विकल्पको रूपमा विद्युती मोटरबाट सिँचाइ गरिरहेका छन् । विद्युतीय मोटर प्रयोगमा सावधानी अपनाउन नसक्दा करेन्ट लागेर मधेशमा दिनहुँ जसो किसानले ज्यान गुमाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?