११ श्रावण २०८२, शनिबार

सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

८ साउन, सर्लाही । 

सर्लाही भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको छ । कार्यालयले गत आवमा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर, कुल ५३ करोड ७३ लाख १७ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको भन्सार प्रमुख ठाकुर आचार्यले जानकारी दिए । गत आवमा जम्मा ९१.४३ प्रतिशत राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ६७ करोड ३९ लाख ९४ हजार रुपैयाँको लक्ष्यमा ४८ करोड ६९ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको थियो । त्यस हिसाबले अघिल्लो वर्षको तुलनामा गत आवमा करिब ५ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?