१५ चैत्र २०८२, आईतवार

हिजोदेखि बेपत्ता बालक पोखरीमा मृ*त फेला

८ साउन, जनकपुरधाम ।

धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा धनुषाको सबैला नगरपालिका-१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर रहेका छन् ।

बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । डीएसपी सिंहका अनुसार बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका थिए । खोजलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Previous post

स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे

Next post

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग

Post Comment

छुटाउनुभयो कि ?