मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो

२८ मंसिर, सर्लाही । राजु यादव सबैको साथ सर्लाहीको मलंगवा नगरपालिकाका विभिन्न सडकमा बालुवा–गिट्टी डिपो झैँ थुपारिँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। नगर क्षेत्रका बसपार्क, ढका बोर्डर, रिङ्गरोडलगायत स्थानमा सडकमै बालुवा–गिट्टी राखिँदा सवारी आवागमनमा समस्या भएको छ। स्थानीय सरोज यादवका अनुसार सडकको बीचभागमै घर निर्माण र बेच्नका लागि ल्याइएका बालुवा–गिट्टी […]
मन्त्रिपरिषद् विस्तारमा सहमति नजुट्दा मधेशमा सरकार अलपत्र

२८ मंसिर, काठमाडौं । मधेश प्रदेशमा मन्त्रालयको भागबण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार अलपत्र परेको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएको ९ दिन बितिसक्दा समेत सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुट्न सकेको छैन। यसले विश्वासको मत लिने मिति तय गर्न पनि अन्यौलता सिर्जना गरेको छ। गठबन्धनको सरकारले मन्त्रिपरिषद् विस्तार, सभामुख […]
चन्द्रपुरमा विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सम्पन्न

२६ मंसिर, रौतहट । चन्द्रपुर नगरपालिकाले स्ट्रिट चाइल्ड अफ नेपाल र आसमान नेपालसँगको सहकार्यमा सक्षम परियोजना अन्तर्गत विद्यालयका विद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। शुबलाल भागवत माध्यमिक विद्यालय, चन्द्रपुर–८ मा आयोजित शिविरको उद्घाटन नगर उपप्रमुख जयमाला कुमारी चौधरीले गर्नुभयो। उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष, शिक्षा शाखा प्रमुख, GIEN प्रतिनिधि, […]
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास

२६ मंसिर, सर्लाही । विद्यालय टाढा हुनु र आवतजावत जोखिमपूर्ण भएपछि बालबालिकाहरू शिक्षा अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले ईश्वरपुरमा नयाँ बालविकास केन्द्र भवन निर्माण कार्य सुरु गरिएको छ। समुदायको मागअनुसार स्थापना हुन लागेको यो केन्द्र ग्रामीण नारी उत्थान संघ हरिपुर–२, सर्लाही र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित समुन्नति परियोजना अन्तर्गत निर्माण हुँदैछ। भवन निर्माणको […]
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस

२५ मंसिर, सर्लाही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम एकल रूपमा सिफारिस गरिएको छ। बिहीबार मलंगवामा बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टी अध्यक्ष महतोलाई सर्लाही–२ का लागि औपचारिक रूपमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिए। उनले […]
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ

२५ मंसिर, धनगढी । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस […]
प्रहरी परिसरमै किन आत्म*दाहमा उत्रिए नथुनी मुखिया?

२४ मंसिर, सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमै आत्मदाह प्रयास गर्ने व्यक्ति चन्द्रनगर गाउँपालिका–६, कामदका नथुनी मुखिया रहेका छन्। प्रहरी कार्यालय प्रवेश गरेका मुखियाले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए। लाइटर निकालेर आगो लगाउन खोज्ने क्रममै प्रहरी र उनिसँग भएका अन्य व्यक्ति मुखियालाई तत्काल रोकिएकाले ठूलो दुर्घटना हुन पाएन। अहिले उनी प्रहरी […]
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम

२४ मंसिर, सर्लाही । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ। कम्पनी संस्थापना गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको हो। कम्पनीमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको वहुमत सेयर रहनेछ। कम्पनीमा नेपाल सरकारका विभिन्न निकाय, सम्बन्धित प्रदेश मन्त्रालय, स्थानीय […]
अमरेश सिंहको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस

२४ मंसिर, काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाहीबाट पनि प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्। काठमाडौँ, धनकुटा र रोल्पासँगै थापा सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका हुन्। नेता थापालाई सर्लाही क्षेत्र नम्बर ४बाट उम्मेदवार सिफारिस गरिएको कांग्रेस सर्लाहीले जनाएको छ। कांग्रेसको क्षेत्रीय समिति बैठकले सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ थापाको […]
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश

२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले बिच्छालाई प्रदेशसभा सदस्यको हैसियतले नियमित कार्य गर्नबाट बञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएका ेहो । सर्वोच्चले उनलाई पदबाट हटाउनु पर्ने भनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा पेश […]
