संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न

१९ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठेको छ । मंगलबार सिंहदरबारमा भएको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तारे हाेटल नगए पनि छलफल गर्न सकिने भन्दै सरकारी खर्च कम गराउन समिति अग्रसर हुनुपर्ने बताएका हुन् । उनले भने-‘सरकार निकायहरूका कार्यक्रमहरू गर्न तारे हाेटल नै जानुपर्छ […]
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु

१९ भदौ, काठमाडौं । डेंगी संक्रमणबाट पछिल्लो तीन महिना (जुन, जुलाई र अगस्ट) मा १४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार १२७ पुगेको हो । अगस्टमा मात्रै १५ हजार २८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक […]
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?

१९ भदौ, काठमाडौं । सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो। तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ। कालो सूचीमा परेकाहरुले सूचना […]
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै

१९ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो । यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरीक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको थियो […]
एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

१८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाउने निर्णय गरेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ । सो समितिले संसदभित्र पनि समिति बनाउन पहल गर्नेछ । सोमबार […]
नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध

एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ। ३७.५ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो। नेपालले ३७.५ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा अविजित छन्। यसअघि गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ […]
संघीय निजामति ऐन मंगलबार मन्त्रिपरिषद्बाट पारित हुन्छ : प्रधानमन्त्री

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामति कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा शिक्षा सम्बन्धी विधेयक प्रश्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढंगले गएको […]
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना

१८ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकबाटै उनले शुभकामना दिएका हुन् । ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल […]
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

१८ भदौ, काठमाडौं। एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्यो । साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय […]
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?

राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई पुरस्कार उपलब्ध गराउने घोषणा गरेपनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘प्रधानमन्त्रीले पटक/पटक गरी १७/१७लाख दिने वाचा […]
