संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
१९ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठेको छ ।
मंगलबार सिंहदरबारमा भएको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तारे हाेटल नगए पनि छलफल गर्न सकिने भन्दै सरकारी खर्च कम गराउन समिति अग्रसर हुनुपर्ने बताएका हुन् । उनले भने-‘सरकार निकायहरूका कार्यक्रमहरू गर्न तारे हाेटल नै जानुपर्छ भन्ने छैन । चिया बिस्कुट खाएर सरकारी कार्यालयमै पनि गर्न सकिन्छ ।’
सांसद मैनालीले मधेसमा खानेपानी समस्या चर्को रूपमा उठेको बताउँदै खानेपानी योजनाहरूमा ९५% सम्म भ्रष्टाचार हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । सांसद मैनालीले चाबहिलमा मालपोत कार्यालयको भवन बनिसकेको तर मासिक ५ लाख भाडा तिरेर कार्यालय चलाइरहेको बताउँदै कसले सरकारी भवनमा फर्काउने होला भन्दै प्रश्न गरे । उनले स्वार्थ बाझिएका सांसदहरू र पूर्वमन्त्रीहरू सार्वजनिक लेखा समितिमा बस्ने कि नबस्ने त्यसमा पनि विचार गर्नुपर्ने बताए ।