मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर

६ फागुन, काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव […]

सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु

६ फागुन, सर्लाही। सर्लाहीमा फागुन १३ गते बाट दादुरा/रुबेला खोप अभियान सुरु हुने भएको छ । मलंगवा नगरपालिकामा रहेको श्रीमति कृष्णादेवी जनता मा.वि मा दादुरा/रुबेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यलय सर्लाहीका प्रमुख नवल किशोर झाले जानकारी दिए । दादुरा/रुबेला खोप फागुन १३ गते शुभारम्भ भइ १६ देखि २२ गते सम्म चल्ने छ ।  सर्लाहीको […]

देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)

६ फागुन, काठमाडौँ । आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् । उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ आइपुगेका हुन् । सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले पुनः सरकारलाई झकझकाउन […]

सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

६ फागुन, काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै चरणबद्ध […]

बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उनले बताए । दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ । आइतबार […]

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

६ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा […]

रौतहटमा मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यू जारी

५ फगुन, रौतहट। रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो। झडपमा केही स्थानीय घाइते भएका छन्। अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि […]

महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते

५ फागुन, महोत्तरी। महोत्तरीको सम्सी गाउँपालिका-२ पर्षामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ । सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् ।घाइते हुनेमा अस्मिता खातुन,गुलशान खातुन,इजराईल नदाफ घाइते भएको प्रहरीले […]

नेपालसँग नेदरल्याण्ड्स १३७ रनमा अलआउट

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । […]

जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति

५ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटी स्थित फर्निचरमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । शुक्रवार साँझ अमृत शाहीले स्टोर गरेर राखेको फर्निचर गोदाममा आगलागी भएको हो । चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् । फर्निचर गोदाममा पहिला रेस्टुरेन्ट सञ्चालनमा थियो । यसअघि त्यहाँ सञ्चालित ‘स्वागतम […]