पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
१६४ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो

सारांश

  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
  • अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।
  • नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ।

२६ चैत, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

‘भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ। हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६।६५, डिजेलमा प्रति लिटर रु.१०९।५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६।३७घाटा रहेको छ। निगमलाई पाक्षिक रुपमा कुल जम्मा रु.१० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिन्छ’ आयल निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७।

०० डिजेल/मट्टितेलमा प्रति लिटर रु.२५।०० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६।०० ले वृद्धि गरिएको छ’ निगमले भनेको छ । अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ । मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ। निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लाको उनापानीमा  आगलागीबाट आठ घर नष्ट
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
नागरिक उन्मुक्ति पार्टीको ​आयोजनामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक
नागरिक उन्मुक्ति पार्टीको ​आयोजनामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध भ्रष्टाचार मुद्दा
बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध भ्रष्टाचार मुद्दा
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी