Press 4K
बिहिबार, २६ चैत्र २०८२

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

सारांश

  •   २६ चैत, काठमाडौं ।
  • साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ ।
  • अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली छाएको हो ।

 

२६ चैत, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ । अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली छाएको हो । यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ४.६४ अंक, फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले उकालो लागेको छ ।

यसदिन कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । बुधबार ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबारभएको बजारमा बिहीबार ३३८ कम्पनीका १ लाख ८ हजार ८६९ पटकको कारोबारमा कुल ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरका २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच भएका छन् । यस दिन ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् ।विपरीत रूपमा, एनआइसी एशिया फन्डको इकाईमूल्य भने सर्वाधिक ६.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेश्नल हाइड्रो अग्रस्थानमा रहेको छ, जसको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी तथा हिमालयन रि इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उपसमूहतर्फ हेर्दा, सबै १३ वटै  उपसमूहको परिसूचक बढेको छ। जसमध्ये ‘अन्य’ उपसमूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ । साथै, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, वित्त, लगानी, लघुवित्त तथा निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...