मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र २५, २०८२
|
|
१३० पटक हेरिएको
Shares
मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

सारांश

  •   २५  चैत, जनकपुर ।
  • मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेहरूले आफ्ना विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
  • उनीहरूले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र गृह सञ्चार तथा कानुन मन्त्रालयलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमार्फत एक हप्ताभित्र माग पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

२५  चैत, जनकपुर ।

मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेहरूले आफ्ना विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र गृह सञ्चार तथा कानुन मन्त्रालयलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमार्फत एक हप्ताभित्र माग पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मुख्यमन्त्री कृष्ण यादवलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सहिद परिवार तथा घाइतेहरूले विगतदेखि नै आफ्ना समस्याहरू मौखिक रूपमा जानकारी गराउँदा समेत सम्बन्धित निकायबाट बेवास्ता हुँदै आएको गुनासो गरेका छन् ।

उनीहरूले मुख्यमन्त्री स्वयं तथा सम्बन्धित मन्त्री र कर्मचारीहरू उदासीन देखिएको आरोप समेत लगाएका छन् । पत्रमा उल्लेख गरिएका मुख्य मागहरूमा मधेसी सहिद प्रतिष्ठानको बजेट सञ्चालन गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, सहिद परिवारका सदस्यहरूको रोजगारी समस्या समाधान गर्नुपर्ने तथा उनीहरूले गरिरहेको कामको पारिश्रमिक, तलब तथा भत्ता उपलब्ध गराउनुपर्ने रहेका छन् । त्यस्तै, मधेसी सहिद प्रतिष्ठानको ऐन निर्माण गरी संस्थालाई स्वायत्त बनाइनुपर्ने र मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समावेशी व्यवस्था सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ । सहिद परिवार तथा घाइतेहरूले आफ्नो मागप्रति सरकार गम्भीर नभए एक हप्तापछि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने स्पष्ट चेतावनी दिएका छन् । सहिद परिवारका सदस्यहरूमध्ये केहीले रोजगारी पाएका छन् तर उनीहरूले विगत ७ महिनादेखि तलब नपाएको मधेसी सहिद प्रतिष्ठानका सदस्य अवदेश पटेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री
साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
शिक्षकहरूको प्रदर्शन आज पनि जारी