जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र ११, २०८२
|
|
२ पटक हेरिएको
Shares
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति

सारांश

  • ११ चैत,काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठुलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन् ।
  • निर्वाचन आयोग नेपालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

११ चैत,काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठुलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन् । निर्वाचन आयोग नेपालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठुलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने । यो अवसरमा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा हार्दिक आह्वान पनि गरे । उनले आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययिता र पारदर्शिता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए ।

‘यसले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरण मैत्री बनाउन मद्दत पुगेको र निर्वाचनले अन्तर्राष्ट्रिय समूहबाट समेत प्रशंसा बटुल्न सफल भएको मैले महसुस गरेको छ,’ राष्ट्रपति पौडेलले भने । साथै, उनले देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिन घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अहोरात्र खटेर मन, वचन र कर्मले क्रियाशील भई शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सम्बद्ध सरोकारवाला तथा आ– आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुभएकोमा सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
भोली देखि सोह्र श्राद्ध सुरु हुँदै
भोली देखि सोह्र श्राद्ध सुरु हुँदै
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, एक जनाको मृत्यु
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, एक जनाको मृत्यु
लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ५ जनाको मृत्यु, अमेरिकी नागरिक पनि मारिए
लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ५ जनाको मृत्यु, अमेरिकी नागरिक पनि मारिए
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृ*त्यु
पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृ*त्यु