आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन

Raju Yadav Raju Yadav
|
बुधबार, पौष ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै तपाईको प्राइभेट कम्पनी हो निकाल्न भन्दै प्रश्न गरेका छन् ।
  • बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए ।

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै तपाईको प्राइभेट कम्पनी हो निकाल्न भन्दै प्रश्न गरेका छन् । बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए । उनले भने, ‘बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्छ । मैले समाचार सुने नेपाली कांग्रेको केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकालियो रे ? तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ? हामीलाई कसैले घरभित्र आइज भनेर आएको होईन,जा भनेर जानलाई ।’

त्यस्तै उनले महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराएको पनि बताए । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गर्दै उनले नयाँ कार्यसमिति चयन गर्ने क्रममा आफूहरु रहेको बताए ।
उनले भने, ‘तपाईहरु मात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? यही निर्वाचन आयोगमा यही ठाउँबाट विषेश महाधिवेशनको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराइसकेको छ । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ हामी नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौं ।’ उनी कारबाहीको निर्णय गर्नुअघि आफूलाई स्पष्टिकरण नसोधिएको भन्दै आक्रोसित भए । ‘म पार्टीको महामन्त्री मलाई कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन् ? मलाई स्पष्टिकरण सोध्नु पर्दैन् ? निजी कम्पनीमा समेत सोधिन्छ ।’ उनले भने । उनले यो पार्टी नफुट्ने भन्दै अब आधिकारीक पार्टी नै यही भएको दाबी गरे । प्रधानमन्त्रीको उम्मेद्वार जसलाई बनाएर जाँदा पनि हुने बताउँदै उनले तर कम्तिमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान नैतिकताले नदिने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सरकारी निकायका १० वेबसाइट ह्याक
सरकारी निकायका १० वेबसाइट ह्याक
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ
विमान दुर्घटना : मृतकको शव आफन्तले ३ दिनपछि पाउने
विमान दुर्घटना : मृतकको शव आफन्तले ३ दिनपछि पाउने
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा