दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष ११, २०८२
|
|
४ पटक हेरिएको
Shares
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस

सारांश

  •   ११ पुस, काठमााडौं ।
  • बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै रिक्त सहसचिव पदमा बढुवाका लागि योग्य ठहरिएका कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो ।

 

११ पुस, काठमााडौं ।

बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै रिक्त सहसचिव पदमा बढुवाका लागि योग्य ठहरिएका कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।बढुवा समितिको बिहीबार बसेको

बैठकको निर्णयअनुसार नेपाल कृषि सेवा अन्तर्गत बाली संरक्षण समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना र भेटेरिनरी समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना कर्मचारी सहसचिव पदमा बढुवाका लागि सिफारिस सूचीमा परेका छन् । सिफारिस भएका कर्मचारीहरूको बढुवा प्रक्रिया प्रचलित कानुन तथा नियमावली अनुसार अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?