आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण १, २०८२
|
|
२ पटक हेरिएको
Shares
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने

सारांश

  • १ साउन, काठमाडौं ।
  • आज धरहरा दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला हुने भएको छ ।
  •   सहरी विकास मन्त्रालयका अनुसार धरहरा अब हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको हो ।

१ साउन, काठमाडौं ।

आज धरहरा दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला हुने भएको छ ।  सहरी विकास मन्त्रालयका अनुसार धरहरा अब हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको हो । सर्वसाधारणका चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको मन्त्रालयले जानकारी दिएको छ । साथै सार्वजनिक विदाको दिन र शनिबार पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । विगतमा धरहरा बिहान १० देखि बेलुका चार बजेसम्म मात्र खुला रहँदै आएको थियो ।

‘अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं, धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भने । ०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो । सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक विदाको दिन बन्द नगर्न सुझाव दिएका थिए ।

भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित
भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित
‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’
‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’
सत्ता गठबन्धनमा प्रदेशको माग सम्बोधनबारे छलफल
सत्ता गठबन्धनमा प्रदेशको माग सम्बोधनबारे छलफल
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
‘तीनकुने हिंसा’लाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो