मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

Raju Yadav Raju Yadav
|
बुधबार, आषाढ २५, २०८२
|
|
२ पटक हेरिएको
Shares
मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

सारांश

  • २५ असार, झापा ।
  •   झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।
  • राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.

२५ असार, झापा । 

झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।

राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक र मोटरसाइकल चालक गम्भीर घाइते भइ उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पु-याइएको थियो ।

उनीहरुको अस्पतालमै मृत्यु भएको जनाइएको छ । गम्भीर घाइते भएका स्कुटरमा सवार एक महिला र करिब सात वर्षीय बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते चारैजनाको पहिचान नखुलेको प्रनाउ खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?