एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !

Raju Yadav Raju Yadav
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
२ पटक हेरिएको
Shares
एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !

सारांश

  • २० असार, काठमाडौं ।
  • गत २३ चैतको बिहानीपख १:५५ बजे ललितपुरको कान्ति लोकपथ सडकखण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाले ठूलो मात्रामा लागुऔषध बरामद गर्‍यो ।
  • भारतीय एम्बुलेन्समा राखेर काठमाडौं भित्र्याउन लागिएको लागुऔषधसहित चार जना पक्राउ परे ।

२० असार, काठमाडौं ।

गत २३ चैतको बिहानीपख १:५५ बजे ललितपुरको कान्ति लोकपथ सडकखण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाले ठूलो मात्रामा लागुऔषध बरामद गर्‍यो । भारतीय एम्बुलेन्समा राखेर काठमाडौं भित्र्याउन लागिएको लागुऔषधसहित चार जना पक्राउ परे । भारत बिहार प्रान्त पूर्वी चमपारण मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत ५ का २० वर्षीय समिर आलम, भारतकै मोतिहारी राजबजारका ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, मोतिहारी पलानवा ग्राम पञ्चायतका ४५ वर्षीय नोर्जान खातुन, मोतिहारी पछियाटोलका २२ वर्षीय मोहम्मद उमर सिद्धिकी (एम्बुलेन्स चालक) पक्राउ परे ।

उनीहरू बाहेक एम्बुलेन्समा एक बालक र एक बालिका पनि थिए । एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५ हजार ४ सय पत्ता, एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपी ५० एमजी ट्रामन लेखिएको ४ हजार ८ पत्ता गरी जम्मा ९ हजार ४ सय ८ पत्ता बरामद भयो । योसँगै बीआर ०५ पीए ०४२१ नम्बरको भारतीय एम्बुलेन्स पनि बरामद भयो । एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा दुई वटा छुट्टाछुट्टै झोलामा लागुऔषध बरामद भएको थियो । प्रहरी एम्बुलेन्स रोकेपछि चालक भाग्न समेत खोजेका थिए । ठूलो मात्रामा लागुऔषध भेटिएपछि जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरूलाई कार्यालयमा ल्याएर अनुसन्धान गरेको थियो । लागुऔषधको कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ । यो अनुसन्धानका क्रममा पक्राउ परेका मध्ये नोर्जान र समिरको घटनामा संलग्नता नदेखिएको भन्दै छाडिएको छ ।

\नोर्जान भने वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचार गरेपछि काठमाडौं  रेफर भएकी बिरामी रहेको पाइएको छ भने दुई नाबालक र समीर नोर्जानकै आफन्त भएपछि उनीहरू छाडिए । उनीहरूको संलग्नता नरहेको भन्दै छाडिए पनि हिरासतमै रहका अर्का व्यक्तिसहित ५ जनाविरुद्ध भने मुद्दा दर्ता भएको छ । जसमा मोहम्मद मुन्ना अन्सारी, चालक सिद्धिकी, पर्सा घर भएका ४४ वर्षीय प्रभात साह कानु, पर्सा नै घर भएका ४६ वर्षीय रामाकान्त साह गोढ र प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका नुवाकोटका २५ वर्षीय राजु मिजार छन् । जसमध्ये प्रभात साह कानु र रामाकान्त साह गोढ फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । अनुसन्धानको क्रममा संगठित रूपमा योजना बनाएर लागुऔषधको ओसारपसार र कारोबार गरेको भन्दै उनीहरूविरुद्ध लागुऔषध निवारण ऐन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलाइएको छ । ठूलो मात्रामा लागुऔषधसहित बरामद भएका उनीहरूले करोडसम्मका कारोबार गरेको भेटिएको परिसर ललितपुरले बताएको छ । राजु मिजारको ई–सेवा आईडीबाट मात्रै १७ लाख ६३ हजार ६३९ रुपैयाँ डेबिट र १७ लाख ६३ हजार ८३४ रुपैयाँ क्रेडिट कारोबार भएको भेटिएको छ ।

आईएमई तथा एनआईसी एसिया बैंकको खातामार्फत मिजारले नै यही लागुऔषध कारोबारमा पक्राउ परेका अर्का व्यक्ति रामाकान्त साह गोढलाई ३८ लाख १६ हजार जम्मा गरेको पनि भेटिएको छ । अनुसन्धान अधिकारीसँगै मिजारले विगत एक वर्षदेखि रमेश देउला नाम गरेका व्यक्तिसँग मिलेर तराईका जिल्लाबाट लागुऔषध ट्रामाडोल ल्याउँदै बेच्ने गरेको स्वीकार गरेका छन् । अहिले प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका मिजारविरुद्ध यसअघि पनि मुद्दा चलेको थियो । लागुऔषधकै कसुरमा ललितपुर जिल्ला अदालतले उनलाई ९ असार २०७९ मा २ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अहिले पनि लागुऔषधकै कसुरमा कालीमाटी वृत्तको हिरासतमा छन् भने ललितपुरमा अर्को मुद्दा दायर भएको छ । अन्य व्यापार, व्यवसाय तथा रोजगार केही नभएका देउलासँगको लाखौंको कारोबार लागुऔषधकै रकम भएको प्रहरीले निष्कर्ष निकालेको छ । राजुसँगै उनकी श्रीमती मिना, सुवर्ण मल्ल, सुनिता दमाई, सुवास घलेलायतका व्यक्तिले रामाकान्त साह गोढको खातामा कुनै प्रयोजन नखुलाई ७ सेप्टेम्बर २०२२ देखि २५ अप्रिल २०२५ सम्म २ करोड ७६ लाख ६८ हजार ३१४ रुपैयाँ जम्मा गरेको भेटिएको छ । भट्टे डाँडामा बरामद भएको लागुऔषध पनि काठमाडौं ल्याएपछि मिजारले नै सप्लाइ गर्ने योजना रहेको एक अनुसन्धान अधिकारी बताउँछन् । अर्का प्रतिवादी प्रभात साह कानुको पनि जग्गा–जमिन फेला परेको छ । पर्साकै साविक सुर्जाहा–९ मा कित्ता नम्बर २८२ मा ४९०.९७ वर्गमिटर, वीरगञ्जमा ६७८ वर्गमिटर जग्गा लागुऔषध कारोबार सुरु गरे पश्चात ३१ साउन २०८० मा खरिद गरेको भेटिएको छ ।

प्रभात साह कानुनको एनएमबी बैंकको खातामा १५ नोभेम्बर २००८ देखि २० अप्रिल २०२५ सम्म ३० लाख ३९ हजार ४६६ रुपैयाँ क्रेडिट र ३१ लाख ३५ हजार ७८५ रुपैयाँ डेबिट कारोबार भेटिएको छ । उनकै ग्लोबल आईएमई बैंकको खातामा ९ जनवरी २०२३ देखि २३ अप्रिल २०२५ सम्म ६६ लाख ५० हजार ३४५ डेबिट र ६७ लाख ८८ हजार ५३९ रुपैयाँ क्रेडिट कारोबार भएको भेटिएको छ । सोही बैंक मर्ज भएपछि बैंक अफ काठमाण्डुमा ७१ लाख ९० हजार ४१५ रुपैयाँ क्रेडिट र ७१ लाख ३७ हजार ६९५ रुपैयाँ डेबिट कारोबार भएको भेटिएको छ । यसरी संगठित रूपमा लागुऔषधको कारोबार गर्नकै लागि उनीहरूले ती भारतीय नागरिकको नाममा एम्बुलेन्स समेत खरिद गरेको पाइएको प्रहरीको भनाइ छ । लागुऔषध कारोबारमा लागेपछि उनीहरूको आर्थिक हैसियत एकाएक फरक भएको एसएसपी अधिकारी बताउँछन् । ‘लाखौंदेखि करोडसम्मको कारोबार भएको भेटिएको छ । कसैले जग्गा जमीन समेत जोडेको देखिन्छ । अरू पेसा व्यवसाय केही छैन । जब लागुऔषधको धन्दामा लागे त्यसपछि यी सबै सम्पत्ति जोडिएको देखिन्छ,’ एसएसपी अधिकारीले  भने ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित
दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ
कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु