बिहीबारसम्मका लागि संसद् बैठक स्थगित

Raju Yadav Raju Yadav
|
मंगलबार, आषाढ ३, २०८२
|
|
४ पटक हेरिएको
Shares
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित

सारांश

  • प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
  • संसद् सचिवालयले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ।
  • उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति माग गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए।

३ असार, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ। उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति माग गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए।त्यसपछि पनि बैठक सुरु हुन सकेन। बैठक ४:३० बजेका लागि सरेको थियो। त्यसपछि बैठक बस्दै नबसी पर्सिसम्मलाई सरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा माग गर्दै आइरहेका छन्।  उनीहरूले जेठ १३ गतेदेखि यता लगातार यही विषयमा सदनमा विरोध गर्दै आइरहेका छन्। गत बिहीबारसम्म प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि सोही माग राख्दै आएको थियो तर शुक्रबार माओवादीले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्दै सदन सञ्चालनमा अवरोध बन्द गरेको थियो। आज पनि सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएसँगै  खासगरी रास्वपाका सांसद उठेर नाराबाजीसहित विरोध जनाएका थिए। उनीहरूले गृहमन्त्री जोडिएको भिजिट भिसा प्रकरण मानव बेचबिखनमा समेत जोडिएको दाबी गर्दै निलो स्कार्फ लगाएर सदनभित्रै विरोध जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाले भने : सरकारको कामको गति पुगेन
गगन थापाले भने : सरकारको कामको गति पुगेन
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
वीरगन्‍ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते
तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते