आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै

Raju Yadav Raju Yadav
|
आइतबार, आषाढ १, २०८२
|
|
३ पटक हेरिएको
Shares
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै

सारांश

  • १ असार, काठमाडौं ।
  •   राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ।
  • बैठकमा गत जेठ १५ गतेदेखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरुप र तयारीबारे पार्टीको कार्ययोजना, भूमिका र धारणा बारेमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

१ असार, काठमाडौं । 

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठकमा गत जेठ १५ गतेदेखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरुप र तयारीबारे पार्टीको कार्ययोजना, भूमिका र धारणा बारेमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने बताइएको छ।

वर्षाको सिजन भएकाले पार्टीले कार्यकर्ता भेला, प्रशिक्षण र गोष्ठी संचालन गर्ने बारेमा समेत टुंगो लगाइने बर्तौलाले बताए। बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आवश्यकता र औचित्य तथा राप्रपा नेपालको भूमिकाका बारेमा धारणा राख्ने त्यसमा छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ