देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृ*त्यु

Raju Yadav Raju Yadav
|
शनिबार, जेठ २४, २०८२
|
|
२ पटक हेरिएको
Shares
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृ*त्यु

सारांश

  • २४ जेठ, काठमाडौं ।
  • देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्।
  • दोलखाको गौरीशंकर गाउँपालिका-४ डेपुङस्थित सडकमा सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा.

२४ जेठ, काठमाडौं ।

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्। दोलखाको गौरीशंकर गाउँपालिका-४ डेपुङस्थित सडकमा सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा.१६ च ७६५१ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा बोलरोमा सवार गौरीशंकर गाउँपालिका-४ डेपुङ बस्ने ४५ वर्षीया फुलमाया शेर्पा र ३२ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ।

शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी डोल्माको पशुपती चौलागाई स्मृती अस्पताल चरिकोटमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो भने फुलमायाको थप उपचारको लागि चरिकोटतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार १ जनाको स्थानीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा उपचार भइरहेको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाराको कोल्हवी नगरपालिका-८ कुसबार टोलमा कोल्हवीबाट सिमरातर्फ जाँदै गरेको बा.२० च ८७४२ नम्बरको स्कारपियो अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा स्कारपियोमा सवार जीतपुरसिमरा उपमहानगरपालिका-४ हुलास

टोल बस्ने कुन्दन चौधरीको छोरा ५ महिनाको ऐलेक्स चौघरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-७ जैदानेस्थित सडकमा साइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७६ वर्षीय खड्क सिंह वलीको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने साइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी रूकुम पश्चिम, बाँफिकोट गाउँपालिका-८ दुलीस्थित सडकमा दुलीबाट छिनखेततर्फ जाँदै गरेको ना.६ त ७११३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-१० बस्ने १७ वर्षीय गोपाल खड्काको मृत्यु भएको छ। शनिबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिसूचक सामान्य अंकले घट्यो नेप्से
परिसूचक सामान्य अंकले घट्यो नेप्से
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ
एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित
कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
प्रतिनिधिसभाबाट बजेट पारित, रास्वपा-राप्रपा अनुपस्थित
प्रतिनिधिसभाबाट बजेट पारित, रास्वपा-राप्रपा अनुपस्थित
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
भारतीय गायक सोनु निगम नेपाल आउँदै
भारतीय गायक सोनु निगम नेपाल आउँदै