गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा

Raju Yadav Raju Yadav
|
आइतबार, जेठ १८, २०८२
|
|
२ पटक हेरिएको
Shares
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा

सारांश

  • १७ जेठ,बुटवल ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता एवं संघीय सांसद मनीष झाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा यथेष्ट संलग्नता देखिएको भन्दै उनको राजीनामा बटमलाइन भएको बताएका छन् ।
  • शनिबार बुटवलमा पत्रकारसंग बोल्दै झाले गृहमन्त्रीको राजीनामा बटमलाइन भएकाले अब सदन सामान्यरुपले चल्न नदिने बताए ।

१७ जेठ,बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता एवं संघीय सांसद मनीष झाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा यथेष्ट संलग्नता देखिएको भन्दै उनको राजीनामा बटमलाइन भएको बताएका छन् । शनिबार बुटवलमा पत्रकारसंग बोल्दै झाले गृहमन्त्रीको राजीनामा बटमलाइन भएकाले अब सदन सामान्यरुपले चल्न नदिने बताए । उनले गृहमन्त्रीको राजीनामाका विषयमा सबैजसो प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताए । ‘भिजिट भिसाको माध्यमले मानव तस्करीको बारेमा गृहमन्त्रीको यथेष्ट संलग्नता देखिसक्यो, उहाँ गृहमन्त्री भएको ११ महिनामध्ये पछिल्लो ५ महिनामा मात्रै ९८ हजार नेपाली भिजिट भिसाबाट बाहिर गएका छन्,’ झाले भने, ‘उहाँको सचिवालयका कर्मचारीको समेत यथेष्ट संलग्नता देखियो, त्यसैले विपक्षी दलहरुबीच गृहमन्त्रीको राजीनामाबारे राजनीतिक समझदारी बनिसकेको छ, अब हाम्रो बटमलाइन उहाँको राजीनामा हो, त्यो नभएसम्म सदन सामान्य रुपले चल्न दिँदैनौं ।’

राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि अहिले गरिरहेको आन्दोलनको जिम्मेवार तीन ठूला दल भएपनि सबैभन्दा कांग्रेस र एमाले मुख्य जिम्मेवार रहेको बताए । वर्तमान व्यवस्था भन्दा पनि भ्रष्टाचार राज्यको व्यवहार र चरित्रक ‘राजसंस्था पुनःस्थापनाको मागप्रति रास्वपाको विमति छ, तर यसरी आन्दोलनको परिस्थितिको मुख्य जिम्मेवार कांग्रेस र एमाले हुन्, उनीहरुले गरेका भ्रष्टाचार र मानव तस्करी हुन् ।’ वर्तमान व्यवस्था भन्दा पनि सरकारको व्यवहार,चरित्रका कारण उत्पन्न असन्तुष्टीको उपज भएको टिप्पणी गरे । ‘प्रदेश सभा चाहिन्न, प्रत्यक्ष मुख्यमन्त्री र विज्ञको मन्त्रिपरिषद्’ प्रवक्ता झाले प्रदेश सभा खारेज गर्ने पार्टीको एजेण्डा भएपनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र बढीमा ७ जना विज्ञहरुको मन्त्रिपरिषद सहित प्रदेश संरचनाको पक्षमा पार्टी रहेको स्पष्ट पारे । ‘प्रदेश सभा चाहिँदैन, यो ठूला दलका दोस्रो तहका नेता व्यवस्थापन गर्ने थलो बनेको छ’, झाले भने, ‘तर सानो आकारको प्रदेश संरचना आवश्यक छ, जसमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित र बढीमा ७ जना विज्ञहरुको मन्त्रिपरिषद् आवश्यक छ ।’ स्थानीय तहका प्रतिनिधि रहने प्रदेश सभा बन्ने र यसले गर्दा दोहोरो खर्च नहुने झाले बताए । शासकीय सुधारबारे पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वको समितिले ब्लु प्रिन्टको तयारी गरिरहेको पनि झाले बताए ।

राप्रपा नेता दीपक बोहराको निधनपछि रिक्त रुपन्देही ३ को उपनिर्वाचनबारे निर्वाचन आयोगले मिति तोकेपछि मात्रै तयारी थाल्न उचित हुने भन्दै झाले अहिले शोकको घडिमा राजनीतिक र मानवीय हिसाबले निर्वाचनको कुरा नगर्ने बताए । उनले दीपक बोहराले नेपालको राजनीतिमा पुराएको योगदानको सम्मान र प्रशंसा गरे । यसअघि पार्टी जिल्ला समिति,निर्वाचन क्षेत्रीय समिति र पालिका पदाधिकारीलाई नेतृत्व विकास तालिम दिंदै झाले पार्टी सभापति सहकारी प्रकरणमा जेलमा रहेपनि आगामी महाधिवेशनसम्म उहां वाहेक अरु सभापति हुन नमिल्ने पार्टी विधानमा रहेको उल्लेख गरे ।सहकारी ठगी प्रकरणमा वचतकर्ताको रकम फिर्ताबारे बेवास्ता र मुछिएका मध्ये रवि लामिछानेलाई मात्रै जेलमा हाल्नुले सरकारको राजनीतिक प्रतिशोध पुष्टि भएको झाले टिप्पणी गरे । Nकांग्रेस र एमालेका ५० जना भन्दा बढी नेता कार्यकर्तालाई अदालतले पक्राउ पुर्जी जारी गरेको एक वर्ष बितिसकेको प्रमाण आफूहरुसंग रहेको भन्दै उनले राजनीतिक संरक्षणमा उनीहरु पक्राउ नपर्नुले पनि सरकार राजनीतिक प्रतिशोधका आधारमा अघि बढेको बताए । कार्यक्रममा पार्टीका रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्मा,उपसभापति आशिष न्यौपाने,सचिव विष्णु प्रसाद पौडेल,रुपन्देही ३ सभापति मधु अर्याल लगायतले चितवनपछि पार्टीले धेरै मत पाएको निर्वाचन क्षेत्र रुपन्देही २ कामतदातालाई पार्टी शिष नेताले सम्बोधन गर्ने गरी आमसभा आयोजना गर्न सुझाव दिएका छन् ।यस्तै रुपन्देही ३ को उम्मेदवार बाहिरबाट भन्दा जिल्लाभित्रकै हुनुपर्नेमा पार्टीको ध्यान जानुपर्ने आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन ठगी गर्ने चार जना प्रहरी नियन्त्रणमा
सुन ठगी गर्ने चार जना प्रहरी नियन्त्रणमा
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन
पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी
पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ
दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ