चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, जेठ ७, २०८२
|
|
३ पटक हेरिएको
Shares
चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ

सारांश

  •   ७ जेठ, काठमाडौं ।
  • स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ बस्ने ओखलढुङ्गा घर भएका १९ वर्षीय अबिन श्रेष्ठ, सोही नगरपालिका-९ बस्ने मकवानपुर घर भएका १९ वर्षीय पेम्बा मोक्तान, सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय आयुष गोले तथा अन्य ६ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।

 

७ जेठ, काठमाडौं ।

स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ बस्ने ओखलढुङ्गा घर भएका १९ वर्षीय अबिन श्रेष्ठ, सोही नगरपालिका-९ बस्ने मकवानपुर घर भएका १९ वर्षीय पेम्बा मोक्तान, सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय आयुष गोले तथा अन्य ६ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।

भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बाट बा.५७ प ९९५७ नम्बरको स्कुटर शुक्रबार र सोही नगरपालिका-८ बोडेबाट बा.७७ प ३३५९ नम्बरको स्कुटर आइतबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई मध्यपुर थिमी नगरपालिका-९ बाट चोरी भएको स्कुटरहरू सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?