पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख ३१, २०८२
|
|
२ पटक हेरिएको
Shares
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान

सारांश

  •   ३१ वैशाख, भारत ।
  • भारतको पन्जाबस्थित अटारी–वाघा सीमाबाट २३ अप्रिलमा पक्राउ परेका सीमा सुरक्षा बल (बीएसएफ) का जवान पूर्णम कुमार साहूलाई पाकिस्तानले बुधबार भारतलाई हस्तान्तरण गरेको छ।
  •  पन्जाबको फिरोजपुरमा अन्तर्राष्ट्रिय सीमा पार गर्दै गल्तीले  २३ अप्रिलका दिन पाकिस्तान पुगेका बीएसएफ जवान साहूलाई बुधबार सकुशल रिहा गरिएको हो।

३१ वैशाख, भारत ।

भारतको पन्जाबस्थित अटारी–वाघा सीमाबाट २३ अप्रिलमा पक्राउ परेका सीमा सुरक्षा बल (बीएसएफ) का जवान पूर्णम कुमार साहूलाई पाकिस्तानले बुधबार भारतलाई हस्तान्तरण गरेको छ। पन्जाबको फिरोजपुरमा अन्तर्राष्ट्रिय सीमा पार गर्दै गल्तीले  २३ अप्रिलका दिन पाकिस्तान पुगेका बीएसएफ जवान साहूलाई बुधबार सकुशल रिहा गरिएको हो।

उनलाई बिहान १०:३० बजे पाकिस्तानी रेन्जर्सले बीएसएफलाई शान्तिपूर्ण ढंगले र स्थापित प्रोटोकलअनुसार फर्काइदिएका हुन्। उनको सुरक्षित रिहाइका लागि बीएसएफले निरन्तर प्रयास गरेको थियो। ५०४ घण्टासम्म पाकिस्तानी नियन्त्रणमा रहेका साहूको रिहाइका लागि ६ भन्दा बढी फ्ल्याग मिटिङ गरिएको थियो भने सीमा क्षेत्रमा ८४ पटक सिटी बजाइएको थियो। सीओ स्तरको मिटिङ मात्र नभई बीएसएफ र पाकिस्तानी रेन्जर्सका उच्च अधिकारीहरूबीच समेत यो विषयमा कुराकानी भएको थियो। ती मिटिङमा भनिएको थियो कि जब रेन्जर्सको शीर्ष नेतृत्वबाट अनुमति प्राप्त हुन्छ, तब जवानलाई रिहा गरिनेछ। स्रोतहरूका अनुसार गत सातादेखि पाकिस्तानी रेन्जर्स फ्ल्याग मिटिङबाट टाढा भाग्न थालेका थिए।

उनीहरूबाट कुनै स्पष्ट प्रतिक्रिया प्राप्त भएको थिएन। त्यसपछि बीएसएफले संवादको अर्को उपाय अपनायो। जवानको रिहाइ सुनिश्चित गर्न कूटनीतिक माध्यमको पनि सहारा लिइएको खुलासा भएको छ। डीजीएमओको बैठकमा समेत यो विषय उठाइएको थियो। यो घटना २३ अप्रिलमा त्यतिबेला भएको थियो, जब बीएसएफ जवान साहू १८२औं बटालियन अन्तर्गत सीमा गेट नम्बर २०८/१ मा तैनाथ थिए। उनी बाली काट्ने काममा व्यस्त भारतीय किसानहरूको सुरक्षाका लागि निगरानी गरिरहेका थिए।  गर्मी बढेको कारणले उनले रुखको छायाँमा उभिन खोज्दा पाकिस्तानी रेन्जर्सले उनलाई हिरासतमा लिएका थिए। उनको सेवा राइफलसमेत जफत गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै
एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ