रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव

Raju Yadav Raju Yadav
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२ पटक हेरिएको
Shares
रोहितको टेस्ट क्रिकेटबाट सन्न्यास : शान्त निर्णय, तर गहिरो प्रभाव

सारांश

  •   २५ वैशाख, काठमाडौं : मंगलबार साँझ भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को कार्यालयमा भारतीय क्रिकेटका विशिष्ट व्यक्तिहरूको जमघट भएको थियो।
  • बिसिसिआईका अध्यक्ष रोजर बिन्नी, सचिव देबजित सैकिया र महाप्रबन्धक अबे कुरुविल्ला पनि उपस्थित थिए।
  • त्यहाँ सचिन तेन्दुलकर र सुनील गावस्कर कोठाको पनि उद्घाटन गरिएको थियो।

 

२५ वैशाख, काठमाडौं :

मंगलबार साँझ भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को कार्यालयमा भारतीय क्रिकेटका विशिष्ट व्यक्तिहरूको जमघट भएको थियो। बिसिसिआईका अध्यक्ष रोजर बिन्नी, सचिव देबजित सैकिया र महाप्रबन्धक अबे कुरुविल्ला पनि उपस्थित थिए। त्यहाँ सचिन तेन्दुलकर र सुनील गावस्कर कोठाको पनि उद्घाटन गरिएको थियो। गावस्कर र तेन्दुलकर आफैँ पनि कार्यक्रममा सहभागी भएका थिए।

राष्ट्रिय चयनकर्ता अध्यक्ष अजित अगरकर पनि  उपस्थित थिए। तर रोहित शर्मा भने त्यहाँ थिएनन्। साँझ मुम्बई इन्डियन्सको खेल भएकाले उनी उपस्थित हुन सकेनन्। तर सबैभन्दा अचम्मको कुरा भोलिपल्टै रोहितले अचानक टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरे। जसले बिसिसिआईका अधिकारी मात्र होइन, उनका टिम मुम्बई इन्डियन्सका साथीहरूलाई समेत अचम्ममा पारेको छ। बुधबार साँझ रोहितले बिसिसिआईका उच्च पदस्थलाई इमेलमार्फत आफ्नो निर्णय जानकारी गराएको विश्वास गरिन्छ। त्यही समयमा उनले सामाजिक सञ्जालमा सन्यास घोषणा गरे। त्यसैबेला चयनकर्ता अध्यक्ष अजित अगरकर क्रिकेट क्लब अफ इन्डियामा फोनमा कुरा गरिरहेको देखिएका थिए। त्यो कुरा रोहितसँग थियो कि होइन भन्ने स्पष्ट छैन। तर चयनकर्तालाई उनको निर्णयको अन्दाज पनि थिएन भन्ने बुझिएको छ। यो निर्णयले अब इंग्ल्यान्डविरुद्ध जुन–जुलाईमा हुने पाँच टेस्टको श्रृंखलामा रोहितको सहभागिता सम्बन्धी अड्कलबाजीलाई अन्त्य गरेको छ। तर अचानक आएको यो निर्णयको कारणबारे धेरै प्रश्न उठेका छन्।

केही रिपोर्टका अनुसार चयनकर्ता रोहितलाई कप्तानको रूपमा निरन्तरता दिन इच्छुक थिएनन्। मंगलबार चयनकर्ताहरूले इंग्ल्यान्ड श्रृंखलाबारे छलफल गरेको बताइएको भए पनि कप्तानीको विषयमा चर्चा भयो कि भएन भन्ने प्रष्ट छैन।रोहितबारेको निर्णय टेस्ट टिम घोषणा हुनु एक हप्ता अघिनै हुने विश्वास गरिएको थियो। तर आईपीएल प्ले–अफ नजिकै हुने सम्भावना छ। (आईपीएल प्ले–अफबाट बाहिरिएका खेलाडीहरूको ‘इण्डिया ए’ टोलीको घोषणा सम्भवतः मे १५ तिर हुनेछ।) क्रिकबजको अघिल्लो रिपोर्टअनुसार रोहितले आफ्नो टेस्ट भविष्य आईपीएलको प्रदर्शनपछि निर्णय गर्ने बताएका थिए। उनले केही शानदार इनिङ्स खेले तापनि सम्पूर्ण रूपमा हेर्दा उनको प्रदर्शन खासै प्रभावशाली थिएन। ११ खेलमा उनले ३०० रन बनाएका छन्। जुन उनलाई सन्तोषजनक नलाग्न सक्छ। यो निर्णय पूर्ण रूपमा व्यक्तिगत हो वा बाह्य दबाबको परिणाम भन्ने खुलेको छैन। केही समयअघि रोहितका नजिक ठानिएका सपोर्ट स्टाफ सदस्यहरूको करार नवीकरण नगरिएको कुरा याद गर्न लायक छ। केही दिनपछि रोहितले तीमध्ये एक सदस्यको खुलेर प्रशंसा गरेका थिए।

रोहितले एकदिवसीय (ओडीआई) क्रिकेटमा खेलिरहने र कप्तानी पनि गर्ने कुरा आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्। उनले आफ्नो मित्र अभिषेक नायरसँग मिलेर ब्याटिङ र फिटनेसमा काम गर्ने र सन् २०२७ को विश्वकपसम्म खेल्ने लक्ष्य लिएका छन्। गिल नयाँ कप्तानका प्रबल दाबेदार अब रोहित बाहिरिएपछि चयनकर्ताहरूले शुभमन गिललाई टेस्ट कप्तानीका लागि रोज्ने सम्भावना छ। यस सिजन गुजरात टाइटन्सको कप्तानी गरिरहेका गिलको नेतृत्व क्षमतालाई धेरैले प्रशंसा गरेका छन्। गुजरात टाइटन्सका सहायक प्रशिक्षक पार्थिव पटेलले गिलको नेतृत्व र ब्याटिङबारे भनेका छन्, ‘उनी टिमलाई राम्रोसँग अगाडि बढाइरहेका छन्। ड्रेसिङ रूममा उनको उपस्थिति महसुस हुन्छ। नेतृत्वमा त्यही कुरा हेर्ने हो। उनी युवाहरूलाई ज्ञान बाँडिरहेका छन्। उनीहरूसँग समय बिताइरहेका छन्। मैदानमा उनी निकै सक्रिय छन् र खेल बुझ्ने क्षमता राम्रो छ। शुभमनले रन बनाइरहेका छन् र कप्तानी पनि प्रभावशाली ढंगले गरिरहेका छन् भन्ने देख्न सुखद छ।’ –क्रिकबजबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बन
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बन
वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द
निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
नेपाली सेनाले माग्यो २८० जना अधिकृत [सूचनाासहित]
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना