पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
३ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन

सारांश

  • ५ वैशाख, कपिलवस्तु ।
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरेका छन्।
  • उनले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

५ वैशाख, कपिलवस्तु ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरेका छन्। उनले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको जानकारी दिँदै, “हामीले तराईका हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको अध्ययन र विश्लेषण गरिरहेका छौं,” भने।

उनले तिलौराकोटलाई ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलको रूपमा चिनाउँदै बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको यो क्षेत्रको प्रचारप्रसार र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे। ऐतिहासिक प्रमाणअनुसार, तिलौराकोट बुद्धको बाल्यकालको घर हो, जहाँबाट उनी तपस्याको बाटोमा निस्किएर  बुद्धत्व प्राप्त गर्न अघि बढेका थिए। लुम्बिनीमा जन्मिए पनि बुद्धको बाल्यकाल र युवावस्था यही तिलौराकोटमा बितेको इतिहासकारहरू बताउँछन्। अध्यक्ष प्रचण्डको यो अवलोकनले तिलौराकोट क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रको रूपमा विकास गर्न थप बहस र पहलको आवश्यकता रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
जेनजी प्रदर्शन : मृ*त्यु हुनेको संख्या ९ पुग्यो
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
विपन्नलाई घर बनाउँदै भरतपुर महानगर
विपन्नलाई घर बनाउँदै भरतपुर महानगर
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
एन्फाको बजेट १ अर्ब ५६ करोड पारित
एन्फाको बजेट १ अर्ब ५६ करोड पारित