शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
६ पटक हेरिएको
Shares
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
  • छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो ।

 

२५ चैत,  काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा,

विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ । छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग र गुणस्तरीय शिक्षाको सुनिश्चिता आदि विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?