रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र २५, २०८१
|
|
३ पटक हेरिएको
Shares
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

सारांश

  •   २४ चैत, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ ।
  • रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनी शुक्रबार पक्राउ परेका थिए ।
  • उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

 

२४ चैत, काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनी शुक्रबार पक्राउ परेका थिए । उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

त्यसपछि लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ । सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?