मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२ पटक हेरिएको
Shares
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा

सारांश

  •   १९ चैत, जनकपुरधाम ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ।
  • अख्तियारले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिद सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएको हो ।

 

१९ चैत, जनकपुरधाम ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ। अख्तियारले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिद सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएको हो । अख्तियारको बर्दिबासको टोलीले तिनवटै योजनाको विभिन्न फाइल लगेको अख्तियार स्रोतले जनाएको छ ।

उक्त योजनाहरू तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा कार्यान्वयन ‍भएको थियो । तीन महिनाअघि अख्तियारमा परेको उजुरीको आधारमा छानबिन गर्न सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको अख्तियारका एक अधिकारीले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ मा निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम लगायतका सफ्टवेयर खरिद भएको थियो । खरिद भएका सफ्टवेयर अहिलेसम्म प्रयोगमा छैन। ती सफ्टवेयरहरु स्टोरमा समेत दाखिला नरहेको एक कर्मचारीले बताए । सफ्टवेयरहरु एक करोडभन्दा बढीमा खरिद भएको थियो ।

यस्तै मुख्यमन्त्री स्वच्छता अभियान मुख्यमन्त्री कार्यालयबाटै आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्म चलेको थियो । यी कार्यक्रमको सबै फाइल अख्तियारले लगेको छ । स्वच्छता अभियान भ्रष्टाचार अभियानको आरोप लागेपछि गौरवका यो कार्यक्रम तत्कालीन मुख्यमन्त्री राउतले बदनामीबाट बच्न भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गरेको थियो। अख्तियारले पछिल्लो पाँच दिनदेखि मधेशको मुख्यमन्त्री कार्यालयमा फाइलको लागि नियमित सम्पर्कमा थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?